शुक्रबार, आश्विन २३ गते २०८३
images

प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,निर्वाचनबारे छलफल

एक्सप्रेस पाना
पौष ७, २०८२ सोमबार
  • 142
    SHARES
  • प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,निर्वाचनबारे छलफल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आइतबार साँझ प्रधानमन्त्री सुशिला कार्कीसँग भेटवार्ता गरेको छ। भेटका लागि लामिछाने बालुवाटार पुगेका हुन्।

    images

    लामिछानेसँगै रास्वपाका नेताहरू सोबिता गौतम, डिपी अर्याल, स्वर्णिम वाग्ले, शिशिर खनाल, कविन्द्र बुर्लाकोटी र विपिन आचार्य पनि भेटमा सहभागी थिए।

    भेटमा समसामयिक राजनीतिक विषयवस्तु तथा आगामी निर्वाचन केन्द्रित विषयमा छलफल भएको बताइएको छ।

    images

    शुक्रबार धरौटीमा रिहा भएका लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएसँगै राजनीतिक गतिविधिमा सक्रिय देखिएका छन्। उनले आइतबार नै रास्वपाको केन्द्रीय कार्यालय पुगेर केन्द्रीय समितिको बैठकसमेत गरेका थिए।

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • # रास्वपा