आइतबार, भाद्र २८ गते २०८३
images

महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायरको खेल तालिका सार्वजनिक

एक्सप्रेस पाना
पौष ८, २०८२ मंगलबार
  • 173
    SHARES
  • महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायरको खेल तालिका सार्वजनिक

    काठमाडौं । आगामी जनवरीमा नेपालमा आयोजना हुने आइसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायरको खेल तालिका सार्वजनिक गरिएको छ।

    images

    मंगलबार नेपाल क्रिकेट संघ (क्यान) ले उक्त प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो।

    जनवरी १४ देखि फेब्रुअरी १ सम्म सञ्चालन हुने प्रतियोगितामा १० देशको सहभागिता रहनेछ। क्यानका अनुसार प्रतियोगिताका खेलहरू मूलपानी क्रिकेट मैदान र त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछन्।

    images

    खेल तालिकाअनुसार नेपाल समूह ‘बी’ मा परेको छ। यस समूहमा नेपालसँगै स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बावे रहेका छन्। त्यस्तै समूह ‘ए’ मा नामिबिया, आयरल्याण्ड, बंगलादेश, अमेरिका र पपुवा न्यूगिनी रहेका छन्।

    table.jpg

     

  • सम्बन्धित विषय:

  • # महिला टी–२० विश्वकप