शुक्रबार, श्रावण २९ गते २०८३
images
images

राजनीतिक संवाद समितिको टोलीद्वारा कांग्रेस पार्टी कार्यालयको अनुगमन

एक्सप्रेस पाना
पौष ८, २०८२ मंगलबार
  • 161
    SHARES
  • राजनीतिक संवाद समितिको टोलीद्वारा कांग्रेस पार्टी कार्यालयको अनुगमन

    काठमाडौं । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले नेपाली कांग्रेसको पार्टी कार्यालयको अनुगमन गरेको छ ।

    images

    मंगलबार कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले सानेपास्थित जेनजी आन्दोलनका क्रममा आगजनी भएको कांग्रेस कार्यालयमा पुगेर अनुगमन गरेको हो ।
    साथै उनीहरुले कांग्रेसका प्रतिनिधिहरुसँग छलफल समेत गरेका थिए । गरेको छ ।

    छलफलमा सञ्चारमन्त्री खरेलले जेनजी जनआन्दोलनबाट प्राप्त मुख्य म्यान्डेट आगामी फागुन २१ गतेको निर्वाचन रहेको बताउँदै निर्वाचनको वातावरण निर्माणको लागि आफूहरु वार्तामा गएको जानकारी गराए ।

    images

    उनले भने,‘जेनजी जनआन्दोलनबाट प्राप्त मुख्य म्यान्डेट आगामी फागुन २१ गतेको निर्वाचन छ । चुनावको वातावरण बनाउन र सुनिश्चीत गर्न महत्वपूर्ण राजनीतिक दलसँग सरकार पनि जानुपर्छ र चुनावको वातावरण पनि बन्छ भनेर हामी सानेपा आएका हौैं ।’
    त्यस्तै छलफलमा कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचन निष्पक्ष, स्वच्छ र धाँदलीरहित हुनको लागि वातावरण अझैपनि आफूहरुले नदेखेको भन्दै त्यो वातावरण निर्माण गर्न आग्रह गरे ।

    ‘निर्वाचन निष्पक्ष,स्वच्छ र धाँदलीरहित हुनको लागि वातावरण अझैपनि हामीले देखिराखेका छैनौं ,त्यो बनाउनुहोस् । हाम्रो आग्रह छ,’ उनले भने ।

    देशको राजनीतिक दलहरुलाई व्यवास्ता गरेर जेनजी र सरकारबीचको १० बुद्दे सहमतिको कारणले पनि आफूहरुमा अविश्वास पैदा भएको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # जगदीश खरेल