शुक्रबार, श्रावण २९ गते २०८३
images
images

झलनाथ खनालकी पत्नीको स्वास्थ्य बुझ्न प्रचण्ड र माधवकुमार डल्लु पुगे

एक्सप्रेस पाना
पौष ९, २०८२ बुधबार
  • 111
    SHARES
  • झलनाथ खनालकी पत्नीको स्वास्थ्य बुझ्न प्रचण्ड र माधवकुमार डल्लु पुगे

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलनका क्रममा आगजनीमा घाइते भएकी नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

    images

    बुधबार बिहान खनालकी धर्मपत्नीलाई भेटर उनीहरुले स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

    गत साता भारतबाट उपचार सकेर फर्किएकी चित्रकारलाई भेट्न संयोजक र सहसंयोजक कमरेड डल्लुस्थित निवासमा पुगेका थिए।
    चित्रकारको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको छ र थप सुधारका लागि उपचारको क्रममा रहेको जानकारी नेता खनालले जानकारी दिए ।

    images

  • सम्बन्धित विषय:

  • # झलनाथ खनाल
  • # रविलक्ष्मी चित्रकार