शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बीपीएलमा सन्दीपको पुनरागमन, पूर्व टोलीविरुद्ध राजशाही वारियर्सको आज पहिलो खेल

एक्सप्रेस पाना
पौष ११, २०८२ शुक्रबार
  • 156
    SHARES
  • बीपीएलमा सन्दीपको पुनरागमन, पूर्व टोलीविरुद्ध राजशाही वारियर्सको आज पहिलो खेल

    काठमाडौं । बङ्गलादेश प्रिमियर लिग (बीपीएल) मा दोस्रो पटक सहभागी हुन लागेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली राजशाही वारियर्सले आज प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दैछ ।

    images

    शुक्रबार हुने उक्त खेलमा राजशाही वारियर्सले सिलेट टाइटन्सको सामना गर्नेछ । खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमै सन्दीप लामिछाने प्लेइङ–११ मा पर्ने सम्भावना रहेको छ ।

    यो सिजन सन्दीप बीपीएलमा राजशाही वारियर्ससँग आबद्ध भएका हुन् । यसअघि उनी सन् २०१९ मा सिलेट टाइटन्सबाट बीपीएल खेलेका थिए । संयोगवश, यसपटकको पहिलो खेलमै उनले आफ्नो पूर्व टोली सिलेट टाइटन्सविरुद्ध प्रतिस्पर्धा गर्न लागेका हुन्, जसले खेललाई थप रोचक बनाएको छ ।

    images

    राजशाही वारियर्सको कप्तानी बङ्गलादेशका राष्ट्रिय टोली कप्तान नजमुल हुसेनले गर्दैछन् । टोलीमा नेपाल प्रिमियर लिग खेलिसकेका अन्तर्राष्ट्रिय खेलाडी जिमी निशम पनि रहेका छन् ।

    नेपाली क्रिकेटका चर्चित स्पिनर सन्दीपको पुनरागमनसँगै बीपीएलमा नेपाली दर्शकको चासोसमेत बढेको छ ।

  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने