काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच पार्टी एकता भएको छ ।
सोमबार राति भएको सम्झौता अनुसार उज्यालो नेपाल पार्टी रास्वपामा विलय भई कुलमान घिसिङ रास्वपाको उपसभापति बन्न सहमति भएको हो । पार्टीको नाम, चुनाव चिन्ह ‘घण्टी’ र झण्डा जस्ताको तस्तै रहनेछ।
रास्वपा र उज्यालो नेपाल पार्टीबीच ७ बुँदे सहमति भएको छ।
नेपालको पछिल्लो राजनीतिक परिस्थितिले देखाएको आवश्यकताअनुसार, सामाजिक न्यायसहित समतामूलक विकास, उदार अर्थतन्त्र र सुशासनलाई मजबुत बनाउन सुसंस्कृत तथा परिवर्तन चाहने राजनीतिक शक्तिहरूबीच सहकार्य अनिवार्य छ भन्ने विषयलाई आत्मसात् गर्दै, २०८२ भदौ २३–२४ का जेन–जी आन्दोलनसहितका जनआन्दोलनमा शहीद तथा घाइतेको बलिदानलाई स्मरण गर्दै, राष्ट्रसेवाको साझा लक्ष्य प्राप्त गर्न राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टी बीच यो सहमति भएको हो।
- जेन्जी ले गरेको भ्रष्टाचारविरोधी आन्दोलनको मर्मलाई सम्मान गर्दै शहीद र घाइते परिवारको माग सम्बोधन गर्ने।
- उज्यालो र आत्मनिर्भर अर्थतन्त्र, योग्यतामूलक प्रणाली र भ्रष्टाचार शून्य सहनशीलतासहित सुशासनलाई मजबुत गर्दै, गहिरा सुधारमार्फत १० वर्षभित्र नेपाललाई मध्यम(आय राष्ट्र बनाउने लक्ष्य।
- एकतापछिको पार्टी नाम “राष्ट्रिय स्वतन्त्र पार्टी” नै रहनेस झन्डा, चुनाव चिन्ह ‘घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौँमै रहने।
- पार्टी अध्यक्ष रवि लामिछाने रहनेस उपाध्यक्षहरूमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने।
- उज्यालो नेपाल अभियानलाई रास्वपाको कार्यक्रममा समायोजन गर्दै, संगठन विस्तारमा योग्यता, समावेशिता र सार्वजनिक छवि आधार मानिने।
- सम्झौता अनुसार रास्वपा सम्बन्धी सबै कागजात निर्वाचन आयोगमा अद्यावधिक गरिने।
- लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा समान सोच भएका वैकल्पिक राजनीतिक शक्ति र व्यक्तिहरूसँग सहकार्यरआह्वान गर्दै अघि बढ्ने।



