शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बुद्ध एयरको विमान दुर्घटना अपडेट:चालक दलका एक सदस्यसहित सात जना घाइते

एक्सप्रेस पाना
पौष १९, २०८२ शनिबार
  • 147
    SHARES
  • बुद्ध एयरको विमान दुर्घटना अपडेट:चालक दलका एक सदस्यसहित सात जना घाइते

    काठमाडौं । शुक्रबार राति भद्रपुर विमानस्थलमा भएको बुद्ध एयरको नाइन एन–एएमएफ विमान दुर्घटनामा चालक दलका एक सदस्यसहित सात जना यात्रु घाइते भएका छन्।

    images

    काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको विमान शुक्रबार राति ९ः१० बजे अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भई घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको हो ।

    उक्त विमानमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर सवार थिए। दुर्घटनामा ललितपुर–४ निवासी २४ वर्षीय को–पाइलट सुशान्त श्रेष्ठसहित अन्य छ जना यात्रु घाइते भएका छन्।

    images

    घाइते हुनेमा भद्रपुर–१० का ४० वर्षीय सबिन जोगी, बिर्तामोड–७ की २० वर्षीया प्रेषिका अधिकारी, बिर्तामोड–१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक–१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौं–१६ की ४० वर्षीया मुना घतानी र काठमाडौं–१६ की १६ वर्षीया प्रिया घतानी रहेको प्रहरीले जनाएको छ ।

    घाइते सबैलाई नेपाल प्रहरीको उद्धार टोलीले तत्कालै भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचारका लागि पु¥याएको थियो। टाउको र अनुहारमा चोट लागेका को–पाइलट सुशान्त श्रेष्ठको अस्पतालमै उपचार भइरहेको छ भने अन्य छ जना सामान्य उपचारपछि डिस्चार्ज भइसकेको प्रहरी उपरीक्षक राजन लिम्बुले जानकारी दिए।

    बुद्ध एयरको उक्त विमान शुक्रबार राति ८ः२३ बजे काठमाडौंबाट उडेको थियो। दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक लिम्बुको कमान्डमा ७० जनाको टोली उद्धारमा खटिएको थियो। प्रहरीले सबै यात्रुलाई सकुशल विमानबाट बाहिर निकालेको जनाएको छ।

  • सम्बन्धित विषय:

  • # विमान दुर्घटना
  • # बुद्ध एयर