शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यालय परिसरमा लफडा,नेताहरुलाई गेटमै रोक्ने प्रयास

एक्सप्रेस पाना
पौष २२, २०८२ मंगलबार
  • 166
    SHARES
  • कांग्रेस केन्द्रीय कार्यालय परिसरमा लफडा,नेताहरुलाई गेटमै रोक्ने प्रयास

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपाबाहिर तनाव भएको छ । विशेष महाधिवेशन पक्षधरहरुले नेताहरुविरुद्ध नाराबाजी समेत गरे ।

    images

    विशेष पक्षधरमा नेताहरूलाई पार्टी कार्यालय प्रवेशमा रोक लगाइएपछि उनीहरूले पनि अर्को खेमाका नेताहरूलाई भित्र छिर्न रोक्ने प्रयास गरेका हुन् । 

    पार्टीका पूर्व उपसभापति विमलेन्द्र निधिलाई पार्टी कार्यालय प्रवेशका क्रममा अवरोध भएको छ । मंगलबार बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकका लागि नेताहरु केन्द्रीय कार्यालय पुगेका थिए । तर उनीहरुले वैकल्पिक गेट प्रयोग गर्नु परेको छ ।

    images

    नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग्दै हस्ताक्षर बुझाएको यही पुस अन्तिममा तीन महिना पुग्दैछ ।

    कम्तीमा ४० प्रतिशत प्रतिनिधिले माग गरेमा ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनैपर्ने बाध्यकारी व्यवस्था कांग्रेसको विधानमा छ ।

  • सम्बन्धित विषय:

  • # विशेष महाधिवेशन