शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाली कांग्रेस विशेष महाधिवेशनको तयारी तीव्र,निधीमाथिको दुर्व्यवहार स्वतःस्फूर्त भएको दाबी

एक्सप्रेस पाना
पौष २२, २०८२ मंगलबार
  • 209
    SHARES
  • नेपाली कांग्रेस विशेष महाधिवेशनको तयारी तीव्र,निधीमाथिको दुर्व्यवहार स्वतःस्फूर्त भएको दाबी

    काठमाडौँ । नेपाल कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरुले तयारी तीव्र भइरहेको र प्रतिनिधिहरुलाई काठमाडौं आउनका लागि आब्हान गरेका छन् ।

    images

    विशेष महाधिवेशन पक्षधरले अनामनगरस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै सो बारे जानकारी दिएका हुन् । महाधिवेशनको लागि विभिन्न १८ वटा समिति बनाएको नेता सुवास पोखरेलले जानकारी दिए ।

    उनले विशेष महाधिवेशनमा भाग लिनको लागि काठमाडौँ आउन महाधिवेशन प्रतिनिधिलाई आग्रह पनि गरे । महाधिवेशन भृकुटीमण्डपमा पुस २७ र २८ गते गर्नेगरी तयारी गरिएको उनले बताए ।

    images

    पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले महाधिवेशनमा देशभरबाट उत्साहजनक उपस्थिति हुने दाबी गरे ।

    ‘हाल स्वसेवक परिचालन समितिदेखि मिडिया व्यवस्थापनको समितिको पनि व्यवस्था हुदैँछ । विशेष महाधिवेशन भनेको विधानको रक्षा गर्नको लागि हो । संविधानमा समस्या आयो भने जसरी राजनीतिक दलहरुले आफ्नो ठाँउबाट भूमिका खेल्नुपर्छ त्यसैगरि काङ्ग्रेसको विधानमा रहेको व्यवस्थामा टेकेर यो महाधिवेशनको माग हो र विधानको रक्षापनि हो,’ शिवाकोटीले भने ।

    यता, मंगलबार नै पार्टी कार्यालयमा पूर्वउपसभापति विमलेन्द्र निधीमाथि भएको दुव्र्यवहार कार्यकर्ताको अन्तरआत्माको भावना भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । तर उक्त घटनाको जिम्मेवारी आफूहरुले नलिने पनि बताइयो ।

    कार्यकर्ताहरुले कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन गएका नेता निधीलाई बाटो छेकेर दुव्र्यवहार गरेका थिए । तर नेता पोखरेलले उक्त घटना स्वतः स्फुर्त भएको र आफूहरुले त्यस्तो गतिविधि नगर्ने पनि दाबी गरे ।
    तर उक्त घटनामा आफूहरुको संलग्नता नरहेको विशेष महाधिवशेन पक्षधरका नेताहरुको दाबी छ ।

  • सम्बन्धित विषय:

  • # विशेष महाधिवेशन