काठमाडौँ । ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री कुलमान घिसिङले बुधबार राति पत्रकार सम्मेलन गर्दै राजीनामा दिएका छन् ।
उनले प्रधानमन्त्री सुशिला कार्कीलाई औपचारिक रूपमा राजीनामा बुझाएका हुन् ।
नागरिक सरकारमा रहँदै दलगत गतिविधिमा संलग्न भएको आरोपपछि प्रधानमन्त्री कार्कीले राजीनामा दिन निर्देशन दिएसँगै घिसिङको आलोचना तीव्र बनेको थियो । भदौ अन्त्यमा मन्त्री बनेका घिसिङले भदौ ३० गते पदको शपथ लिएका थिए ।




