शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रास्वपा सभापति लामिछाने र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता

एक्सप्रेस पाना
पौष २४, २०८२ बिहीबार
  • 138
    SHARES
  • रास्वपा सभापति लामिछाने र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

    images

    बिहीबार बिहान राप्रपाका अध्यक्ष लिङ्देन भेटवार्ताका लागि रवि निवास पुगेका हुन् ।

    उनीहरूबीच पछिल्लो राजनीतिक अवस्था, फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनलगायत विषयमा कुराकानी भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    images

    प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज एकाबिहानै संवादमा, चुनावबारे कुनै आशंका छ र ! कुरा यहाँबाट सुरू भयो है ।’

    राप्रपा अध्यक्ष लिङ्देनले हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए।
    राप्रपाले पुस २७ गते पृथ्वी जयन्तीमा चियापान कार्यक्रम गर्दै आएको छ । सोही कार्यक्रमका लागि निम्तो दिन अध्यक्ष लिङ्देन अरू दलका शीर्ष नेताहरू भेटघाटका क्रममा छन्।

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • # रास्वपा
  • # राजेन्द्र लिङ्देन