शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रास्वपाले एकतर्फि रुपमा सहमति भंग गर्यो:कुलमान घिसिङ

एक्सप्रेस पाना
पौष २७, २०८२ आइतबार
  • 215
    SHARES
  • रास्वपाले एकतर्फि रुपमा सहमति भंग गर्यो:कुलमान घिसिङ

    काठमाडौं । उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले रास्वपाको साधारण सदस्यको रुपमा बस्छु भन्दा पनि रास्वपाले एकतर्फि रुपमा सहमति भंग भएको घोषणा गरेको बताएका छन् ।

    images

    शनिबार भएको केन्द्रीय समिति बैठकपछिको पत्रकार सम्मेलनमा बोल्दै उनले आज अन्तिम चरणमा सहमतिको लागि प्रस्ताव अगाडि सारेको साधारण सदस्य भएर बस्छु भन्दा पनि अन्तिममा आएर एकतर्फि रुपमा सहमति भंग भएको घोषणा गरेको बताएका हुन् ।

    उज्यालो नेपाल पार्टीले पदको ठूलो ठूलो मोलभाउ गर्यो भनेर मिडियामा आएका कुराहरु सरासर गलत भएको भन्दै आफूहरु सहमति टुंगाउने पक्षमा रहेको बताए ।

    images

    उनले भने, ‘जुन किसिमले मिडियामा धेरै कुराहरु आएको छ । हामीले पदको ठूलो ठूलो मोलभाउ गर्यौ भनेर त्यो सरासर गलत हो । म आफैं पनि उपाध्यक्ष त्यो भने वर्गीयताको क्रममा धेरै तल भएपनि मैले सहेर गएको थिए र मैले आज अन्तिम चरणमा सहमतिको लागि प्रस्ताव अगाडि सारेको थिए । म एउटा साधारण सदस्य भएर बस्छु हाम्रो केन्द्रीय सदस्यहरुलाई मिलाएर अगाडि बढौं पनि भनेको थिए । तर उहाँहरुले धेरै समय लिनुभयो र अन्तिममा आएर एकतर्फि रुपमा उहाँहरुले यो सहमति भंग भएको घोषणा गर्दिनुभयो, हामीले गरेको होइन ।’
    यस्तै, उनले जेनजीका मागहरु पूरा गर्न र देशलाई संकटबाट बाहिर ल्याउनको लागि रास्वपासँग सहमति गरेको उल्लेख गर्दै त्यो सहमति आज अत्यन्तै हिनताबोधका साथ छोड्नुपर्ने अवस्था आएको बताए ।

    उनले भने, ‘यो पार्टीलाई मेरो नेतृत्वमा देशव्यापी रुपमा प्रभावकारी रुपमा अगाडि बढाउने छु भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु । हामीले जेनजीका मागहरु पूरा गर्न र देशलाई संकटबाट बाहिर ल्याउनको लागि रास्वपासँग सहमति गरेका थियौं । पुष १४ गते भएको उक्त सहमति आज २६ गते भयो अत्यन्तै हिनताबोधका साथ हामीले अगाडि बढाउनुपर्ने अवस्था आयो । सहमतिहरुमा हाम्रो कुनै प्रकारको ठूलो माग पनि थिएन् । यसलाई छिटोभन्दा छिटो कार्यान्वयन गर्दै जाउँ भन्ने हाम्रो माग थियो ।’

    यो १२ दिनसम्म हामीलाई रोकेर राखेर रास्वपाले ठाँउ ठाँउमा उनेपाका सदस्यहरुलाई पार्टी प्रवेश गराएको पनि उनको आरोप छ ।

  • सम्बन्धित विषय:

  • # रास्वपा
  • # कुलमान घिसिङ