आइतबार, भाद्र २८ गते २०८३
images

आयरल्यान्डसँग वार्म–अप खेलमा नेपाल ९९ रनले पराजित

एक्सप्रेस पाना
पौष ३०, २०८२ बुधबार
  • 140
    SHARES
  • आयरल्यान्डसँग वार्म–अप खेलमा नेपाल ९९ रनले पराजित

    काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालीफायरअघिको वार्म–अप खेलमा नेपाल आयरल्यान्डसँग ९९ रनले पराजित भएको छ । 

    images

    बुधबार भएको खेलमा २०१ रनको लक्ष्य पछाएको नेपालले १९ ओभरमै अलआउट हुँदै १०१ रनमा मात्र बनायो । 

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०० रन बनाएको थियो ।

    images

    नेपालले अब शुक्रबार अमेरिकासँग दोस्रो वार्म–अप खेल खेल्ने कार्यक्रम रहेको छ ।

    जनवरी १८ देखि फेब्रुअरी १ सम्म नेपालमै आयोजना हुन लागेको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालीफायरमा १० राष्ट्र सहभागी हुनेछन् । प्रतियोगिताबाट शीर्ष चार टोलीले सन् २०२६ को जुनमा इङ्ग्ल्यान्डमा हुने महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।

  • सम्बन्धित विषय:

  • # महिला टी–२० विश्वकप