शुक्रबार, श्रावण २९ गते २०८३
images
images

भारतीय कलाकार प्रदीप रावत अभिनीत गीत ‘जाँदैछु नौ डाँडा काटेर’ रिलिज

एक्सप्रेस पाना
माघ २, २०८२ शुक्रबार
  • 91
    SHARES
  • भारतीय कलाकार प्रदीप रावत अभिनीत गीत ‘जाँदैछु नौ डाँडा काटेर’ रिलिज

    काठमाडौं । यही माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आ बाट आमा’ को ‘जाँदैछु नौ डाँडा काटेर’ बोलको गीत रिलिज गरिएको छ ।

    images

    परदेशीन लागेको कुरालाई प्रस्ट्याएको गीतमा भारतीय कलाकार प्रदीप रावतको अलावा पल शाह, बिपना थापा, साइग्रेस पोखरेल,उषा उप्रेती,सिम्रन पन्त लगायतलाई देख्न सकिन्छ ।

    किरण परियारको स्वर रहेको गीतमा अभि सुनारको शब्द सङ्गीत छ । गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् । आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा बिपना थापा,पल शाहका अलावा प्रदीप रावत,उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

    images

    चन्द्र पन्तको निर्देशन रहेको यस फिल्मको कथा तथा पटकथामा उनैले लेखेका हुन् । फिल्ममा सङ्गीत कोसिस क्षेत्री,बाबुल गिरी र थानेश्वर गौतमको छ । फिल्मको गीतको भिडियोमा कोरियोग्राफी गंभीर विष्ट र दिलिप ओखेडाको छ । फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # आ बाट आमा
  • # प्रदीप रावत