काठमाडौं । नेपालले थाइल्याण्डलाई १२३ रनको लक्ष्य दिएको छ ।
आइतबार देखी सुरु भएको आइसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरको पहिलो खेलमा नेपालले २० ओभरमा अल आउट हुदै १२२ रन बनाएको हो ।
नेपालका लागि बिन्दु रावलले सर्बाधिक ४४ रन बनाइन् भने सम्झना खड्काले २६ रन बनाइन्। त्यस्तै रुबिना क्षेत्रीले १७ रन बनाउदाँ पुजा महतोले १२ रन बनाएकी थिइन् ।
त्यस्तै थाइल्याण्डकी बलर थिपातचा पुथावोंगले सर्बाधिक ४ विकेट लिइन् ।


