काठमाडौं । आइसीसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरअन्तर्गत पहिलो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ।
आइतबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपाल थाइल्याण्डसंग ८ विकेटले पराजित भएको हो। १२३ रनको लक्ष्य पछाएको थाइल्याण्डले १६.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
थाइल्याण्डका लागि नथ्थकन चान्थमले सर्वाधिक ५७ रन बनाइन्। नेपालका तर्फबाट सिता राना मगरले २ विकेट लिन सफल भइन्।
यसअघि नेपालले २० ओभरमा अल आउट हुदै १२२ रन बनाएको थियो ।
नेपालका लागि बिन्दु रावलले सर्बाधिक ४४ रन बनाइन् भने सम्झना खड्काले २६ रन बनाइन्। त्यस्तै रुबिना क्षेत्रीले १७ रन बनाउदाँ पुजा महतोले १२ रन बनाएकी थिइन् ।
त्यस्तै थाइल्याण्डकी बलर थिपातचा पुथावोंगले सर्बाधिक ४ विकेट लिइन् ।


