शुक्रबार, श्रावण २९ गते २०८३
images
images

लहानमा मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा बालेन शाहद्वारा माल्यार्पण

एक्सप्रेस पाना
माघ ५, २०८२ सोमबार
  • 108
    SHARES
  • लहानमा मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा बालेन शाहद्वारा माल्यार्पण

    सिरहा । सिराहा जिल्लाको लहान नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन साहले मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा माल्यार्पण गरेका छन् ।

    images

    मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिद रमेश महतोप्रति श्रद्धाञ्जली अर्पण गर्दै साहले उनको योगदान मधेश मात्र नभई सम्पूर्ण राष्ट्रका लागि प्रेरणादायी रहेको बताए ।

    कार्यक्रमका क्रममा उनले सहिदहरूको बलिदानकै कारण आजको लोकतान्त्रिक उपलब्धि सम्भव भएको उल्लेख गर्दै सहिदको सपना पूरा गर्न इमानदार राजनीति, सुशासन र न्याय आवश्यक रहेको धारणा व्यक्त गरे ।

    images

    उनी यसअघि आज बिहानै जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर पुगेर नियमित हुने बिहानी आरतीमा सहभागी भएका थिए ।

  • सम्बन्धित विषय:

  • # बालेन साह
  • # रमेश महतो