शुक्रबार, श्रावण २९ गते २०८३
images
images

खेलकुद मन्त्री गुप्ताले दिए राजीनामा

एक्सप्रेस पाना
माघ ५, २०८२ सोमबार
  • 124
    SHARES
  • खेलकुद मन्त्री गुप्ताले दिए राजीनामा

    काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् ।

    images

    कात्तिक ९ गते मन्त्री नियुक्त भएका गुप्ताले सोमबार औपचारिक रूपमा प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाएका हुन् ।

    पछिल्लो समय उनी अमेरिका भ्रमणमा जाने विषयलाई लिएर चर्को विवादमा तानिएका थिए । सरकारी खर्चमा हुने भनिएको उक्त भ्रमण आवश्यकताभन्दा बाहिर रहेको भन्दै सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा व्यापक आलोचना भएको थियो । विवाद बढ्दै गएपछि प्रधानमन्त्री सुशीला कार्की समेत गुप्ताको गतिविधिप्रति असन्तुष्ट देखिएकी थिइन् ।

    images

    राजीनामापछि मन्त्री गुप्ताले आफ्नो निर्णयले सरकारलाई परेको दबाब कम हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा पार्टी र जनताको सेवामा सक्रिय रहने बताएका छन् ।

     

  • सम्बन्धित विषय:

  • # बब्लु गुप्ता