आइतबार, भाद्र २८ गते २०८३
images

महिला टी–२० विश्वकप छनोट:नेपालको लगातार दोस्रो हार

एक्सप्रेस पाना
माघ ८, २०८२ बिहीबार
  • 101
    SHARES
  • महिला टी–२० विश्वकप छनोट:नेपालको लगातार दोस्रो हार

    काठमाडौं । काठमाडौंमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगितामा नेपालले लगातर दोस्रो हार व्यहोरेको छ । 

    images

    बिहिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेदरल्यान्ड्ससंग नेपाल २ रनले पराजित भएको हो । 

    १४१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रन मात्र बनायो । नेपालका लागी रुबिना क्षेत्रीले ३७ रन बनाइन भने सीता राना मगर २७ रन बनाउँदै अविजित रहिन् । 

    images

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाएको थियो ।

    नेदरल्याण्डसका लागि कप्तान बाबेट डे लिड्सले सर्बाधिक ४९ रन बनाएकी थिइन् । त्यस्तै नेपालका लागी बलर रुबिना क्षेत्रीले २ विकेट लिएकी थिइन् भने सोमु बिष्ट, पुजा महतो र रिया शर्माले एक एक विकेट लिएका थिए ।

     

  • सम्बन्धित विषय:

  • # महिला टी–२० विश्वकप छनोट