शुक्रबार, आश्विन २३ गते २०८३
images

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, शीर्ष नेताको सहभागिता अनिवार्य

एक्सप्रेस पाना
माघ ९, २०८२ शुक्रबार
  • 158
    SHARES
  • सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, शीर्ष नेताको सहभागिता अनिवार्य

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

    images

    बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, सानेपामा सुरु हुने पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिएका छन् ।

    शर्माले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशनसहित अनुरोध गरिएको छ ।

    images

    आजको बैठकमा सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा विस्तृत छलफल हुने जनाइएको छ।

    थापा कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका हुन् ।

  • सम्बन्धित विषय:

  • # गगन थापा
  • # कांग्रेस केन्द्रीय कार्यसमिति बैठक