काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा माताको दर्शन गरेका छन्।
बालेन शुक्रबार बिहान पाथीभराको मन्दिर पुगेर विधिपूर्वक पूजा–अर्चना तथा दर्शन गरेका हुन्। साथै उनले मुक्कुमलुङ को पनि दर्शन गरेका छन्।

बालेनले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी झापा–५ बाट उम्मेदवारी दिएका छन् । पूर्वी नेपालका विभिन्न जिल्लामा चुनावी कार्यक्रम, जनतासँग प्रत्यक्ष भेटघाट तथा प्रचार अभियान चलाइरहेका क्रममा उनले पाथीभरा मन्दिर पुगेर दर्शन गरेका हुन्। रास्वपाले शाहलाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि बढाएको छ।



