शुक्रबार, श्रावण २९ गते २०८३
images
images

राष्ट्रपतिद्वारा श्रीपञ्चमीको अवसरमा वसन्त श्रवण

एक्सप्रेस पाना
माघ ९, २०८२ शुक्रबार
  • 90
    SHARES
  • राष्ट्रपतिद्वारा श्रीपञ्चमीको अवसरमा वसन्त श्रवण

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको श्रीपञ्चमी (वसन्त पञ्चमी ) को अवसरमा शुक्रबार बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गरेका छन् ।

    images

    सो अवसरमा हनुमानढोका हेरचाह अडडाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक, टिका, माला र फूलप्रसाद प्रदान गरेका थिए ।
    सो अवसरमा राष्ट्रपति पौडेलले विद्याकी देवी सरस्वतीको पूजा आराधना गरेका थिए भने नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो ।

    photo-3_4c90bb9f.jpeg

    images

    सो समारोहमा प्रथम महिला सबिता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखसहित विशिष्ट महानुभावहरूको उपस्थिति थियो ।

    वसन्त पञ्चमीका अवसरमामा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिने प्रचलन छ । यस अवसरमा वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास रहेको छ ।

    photo-2_8aeb4a84.jpeg

  • सम्बन्धित विषय:

  • # राष्ट्रपति
  • # वसन्त श्रवण
  • # श्रीपञ्चमी