शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ता

एक्सप्रेस पाना
माघ ९, २०८२ शुक्रबार
  • 199
    SHARES
  • बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ता

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा २ मा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।

    images

    प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका उनले सामाजिक सञ्जाल फेसबुक लाइभमा आएर आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।

    उनले भने, ‘अब कुनै राजनीतिक दल विशेषमा मात्र टास्सेर बस्नुभन्दा पनि म ७० वर्ष नाघिसके अब नयाँ पुस्ताहरुलाई अगाडि ल्याउनुपर्छ भन्ने सोचकासाथ मैले हुर्काउदै ल्याएको पार्टीको नेतृत्व पनि नयाँ साथिलाई सुम्पिनुपर्छ भनेर म लागेको थिए । अहिले पनि सबै साथिहरुको आग्रह र सुझाव अनुसार संसद बाहिर रहेर नै सघाउने निर्णय गरेको छु । देशको अभिभावकको भूमिका निर्वाह गर्नु उपयुक्त हुन्छ भन्ने ठानेर उम्मेदवारी फिर्ता लिने निर्णय लिएको छु ।’

    images

    उनले अब संसद् बाहिर रहेर पनि जनताको आकांक्षा अनुसार काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

  • सम्बन्धित विषय:

  • # डा.बाबुराम भट्टराई