शनिबार, भाद्र २७ गते २०८३
images

आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको सचिवालयको स्पष्टोक्ति

एक्सप्रेस पाना
माघ ९, २०८२ शुक्रबार
  • 146
    SHARES
  • आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको सचिवालयको स्पष्टोक्ति

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की धादिङ–२ की उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता नलिएको स्पष्ट पारेकी छन् ।

    images

    विभिन्न सञ्चारमाध्यममा उनको उम्मेदवारी फिर्ता लिएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै तामाङको सचिवालयले ती समाचारहरू भ्रामक भएको जनाएको छ ।

    तामाङको सचिवालयले उम्मेदवारी फिर्ता लिएको भन्ने समाचारको खण्डन गर्दै भनेको छ, ‘उम्मेदवारी फिर्ता लिएको छैन । उहाँ हाल धादिङमै हुनुहुन्छ । पिआर विवाद भनेर प्रसारण गरिएका समाचारहरू समेत निराधार र भ्रामक छन् ।’

    images

    सचिवालयले यस्ता अपुष्ट र गलत समाचारको पछि नलाग्न सञ्चारमाध्यम तथा सर्वसाधारणलाई आग्रहसमेत गरेको छ ।

  • सम्बन्धित विषय:

  • # आशिका तामाङ