आइतबार, भाद्र २८ गते २०८३
images

महिला टी–२० विश्वकप ग्लोबल छनोट:जिम्बाबेमाथी नेपालको शानदार जित

एक्सप्रेस पाना
माघ १०, २०८२ शनिबार
  • 125
    SHARES
  • महिला टी–२० विश्वकप ग्लोबल छनोट:जिम्बाबेमाथी नेपालको शानदार जित

    काठमाडौं ।  काठमाडौंमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगितामा नेपालले पहिलो जित निकालेको छ ।  

    images

    शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले जिम्बाबेलाई ६ विकेटले पराजित गरेको हो । १३० रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । 

    नेपालको लागी पुजा महतोले अविजित ५२ रन बनाइन् ।

    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको जिम्बाबेले २० ओभरमा ६ विकेट गुमाउदै १२९ रन बनाएको थियो । 

    यो नेपालको जारी प्रतियोगितामा तेस्रो खेलमा पहिलो जित हो । अब नेपालले आफ्नो समुह चरणको अन्तिम खेल सोमबार स्कटल्याण्डविरुद्ध खेल्नेछ ।

  • सम्बन्धित विषय:

  • # महिला टी–२० विश्वकप