काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा स्कटल्यान्डले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ ।
सोमबार कीर्तिपुरको त्रिवि मैदानमा जारी समुह चरणको अन्तिम खेलमा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा अलआउट हुदैँ १४० रन बनाएको हो ।
स्कटल्यान्डको लागी प्रियानाज चटर्जीले ४५ रन बनाइन् भने एलसा लिस्टरले २२ रन जोडिन् ।
नेपालको लागी मनिषा उपाध्यायले शानदार बलिङ गर्दै ४ विकेट लिइन् भने रुबिना क्षेत्रीले ३ विकेट लिइन् । अघिल्लो चरणमा पुग्ने सम्भावना कायमै राख्न यो खेल नेपाललाई जित्नैपर्ने दबाब छ ।


