आइतबार, भाद्र २८ गते २०८३
images

स्कटल्याण्डसँग पराजित हुँदै नेपाल विश्वकप छनोटबाट बाहिरियो

एक्सप्रेस पाना
माघ १२, २०८२ सोमबार
  • 128
    SHARES
  • स्कटल्याण्डसँग पराजित हुँदै नेपाल विश्वकप छनोटबाट बाहिरियो

    काठमाडौं । नेपाल आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटबाट बाहिरीएको छ । 

    images

    सोमबार समुह चरणको अन्तिम खेलमा स्कटल्याण्डसँग ७२ रनले पराजितसंगै नेपाल विश्वकप छनोटबाट बाहिरीएको हो ।

    १४१ रनको लक्ष्य पछाएको नेपाल १३.५ ओभरमा अलआउट हुदैँ ६८ रन मात्र बनायो । नेपालका लागि रोमा थापा र बिन्दु रावलले १४–१४ रन बनाए । 

    images

    यसअघि टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा अलआउट हुदैँ १४० रन बनाएको थियो ।  

    समूह चरणमा नेपालले एक खेलमा मात्रै जित निकाल्न सक्यो । नेपाल रहेको समूहबाट नेदरल्याण्ड्स, स्कटल्याण्ड र थाइल्याण्ड सुपर सिक्समा प्रवेश गरेका छन्। नेपाल र जिम्बाब्बे चौथो र पाँचौं नम्बरमा रहँदै प्रतियोगिताबाट बाहिरिएका हुन्।

  • सम्बन्धित विषय:

  • # महिला टी–२० विश्वकप