काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १४ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदी प्रतितोला ५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।



