काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य भारी रुपमा घटेको छ ।
आज सुन तोलामा ९ हजार ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।



