शुक्रबार, आश्विन २३ गते २०८३
images

चितवन पुगेर रवि लामिछाने भने:सिंगो देशको दुख अगाडि मेरो पीडा केही होइन

एक्सप्रेस पाना
माघ २२, २०८२ बिहीबार
  • 167
    SHARES
  • चितवन पुगेर रवि लामिछाने भने:सिंगो देशको दुख अगाडि मेरो पीडा केही होइन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंगो देशले पाएको दुखको अगाडि आफ्नो पीडा केही पनि नभएको बताएका छन् ।

    images

    बिहीबार चितवन पुगेका उनले देशले पाएको दुख आफ्नो भन्दा धेरै ठूलो भएको भन्दै आजबाट देशको पीडा र त्यसलाई समाधान गर्नको लागि काम गर्ने बताएका हुन् ।

    उनले भने,"सिंगो देशले पाएको दुखको अगाडि मेरो कुनै हिसाब छैन । सिंगो देशले दुख पाएको छ । आजबाट कहिले काँही धेरै पीडा भएर कराएछु भने सुनिदिनुहोला नत्र भने आजबाट म मेरो पीडाको कुरा गर्दिन्, देशको पीडाको कुरा गर्छु, त्यसलाई समाधान गर्नको लागि हामी कसरी जानुपर्छ त्यसको लागि जानेछौँ । म कुनै राजनीतिक दल वा अरु नेतालाई गाली गर्ने पक्षमा छैन ।"

    images

    यस्तै, उनले यो मुलुकलाई समृद्धि र स्थायी शान्तिको विषयलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने पनि बताए । उनले भने, ‘यो मुलुकलाई कसरी समृद्ध बनाउन सकिन्छ, स्थायी शान्ति कसरी हुन्छ, युवाहरुलाई रोजगारी कसरी गर्न सकिन्छ, उद्योगहरु कसरी स्थापित गर्न सकिन्छ, गुणस्तरिय सेवा सबैको पहुँचमा कसरी पुर्‍याउन सकिन्छ भन्ने विषय हाम्रो प्राथमिकता हो ।’ चितवनबाट नै एउटा निलो क्रान्तिको बिउँ रोपिएको भन्दै त्यो बेला रोपेको बिरुवालाई निमोठ्न, काट्न र बाँच्न खोजिएको पनि उनको भनाई छ ।

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने