काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य घटेको छ ।
आज सुन तोलामा ४ हजार २ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।



