काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मुल्य बढेको छ ।
आज सुन तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन प्रतितोला ३ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्य भने सामान्य घटेको छ । आज चाँदी प्रतितोला ५ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।



