शुक्रबार, आश्विन २३ गते २०८३
images

उज्यालो नेपाल पार्टी नै जनताको विश्वास जितेको नयाँ वैकल्पिक पार्टी हो:कुलमान घिसिङ

एक्सप्रेस पाना
माघ २७, २०८२ मंगलबार
  • 124
    SHARES
  • उज्यालो नेपाल पार्टी नै जनताको विश्वास जितेको नयाँ वैकल्पिक पार्टी हो:कुलमान घिसिङ

     

    images

    काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले जेन–जी आन्दोलनपछि विकल्पका रूपमा उदाएको सबैभन्दा नयाँ पार्टी उज्यालो नेपाल पार्टी नै भएको बताएका छन्।

    सोमबार उनेपाबाट काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवारको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा उनले जनताले विश्वास र माया गरेको पार्टी उज्यालो नेपाल पार्टी भएको उल्लेख गर्दै यसलाई नेपालको नयाँ विकल्पका रूपमा स्थापित गर्ने दाबी गरेका हुन्।

    images

    उनले भने,“जनताले विश्वास गरेको, माया गरेको पार्टी भनेको उज्यालो नेपाल पार्टी हो। जेन–जी आन्दोलनपछि आएको सबैभन्दा नयाँ पार्टी पनि हाम्रो पार्टी नै हो। पहिलोपटक नयाँ विकल्पका रूपमा स्थापना भएको पार्टी यही हो। यसले जेन–जीको मागलाई सम्बोधन गर्छ र नेपालको नयाँ विकल्पका रूपमा स्थापित हुन्छ।”

    यस्तै, उनले उज्यालो नेपाल पार्टी देशभित्र सम्पूर्ण नेपाली जनताले बुझ्न र आबद्ध हुन चाहेको पार्टी भएको उल्लेख गर्दै सबै नेपाली जनताले यस पार्टीलाई विश्वास गरेको दाबी गरे।

    कुनै स्वार्थबिना जेन–जी आन्दोलनको माग, नेपाली जनताको भावना र देशको आवश्यकताअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहमति भएको पनि उनले बताए।

  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ
  • # उनेपा