शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मधेशको विकासप्रति रास्वपा प्रतिबद्ध छ:बालेन शाह

एक्सप्रेस पाना
माघ २७, २०८२ मंगलबार
  • 107
    SHARES
  • मधेशको विकासप्रति रास्वपा प्रतिबद्ध छ:बालेन शाह

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह सिरहाको गोलबजार नगरपालिकामा पुगेका छन् ।

    images

    मधेश केन्द्रित जनसम्पर्क तथा संगठन विस्तार अभियानअन्तर्गत बालेन शाह मंगलबार गोलबजारमा उपस्थित भएका हुन् ।

    गोलबजारमा उनले पार्टी कार्यकर्ता, समर्थक तथा स्थानीय युवाहरूले स्वागत गरेका छन् । भेटघाट तथा संक्षिप्त सम्बोधनका क्रममा शाहले सुशासन, भ्रष्टाचारविरुद्धको अभियान र मधेशको विकासप्रति पार्टी प्रतिबद्ध रहेको बताए ।

    images

    उनको आगमनसँगै गोलबजार क्षेत्रमा राजनीतिक चहलपहल बढेको छ भने स्थानीयवासीमा नयाँ आशा र उत्साह देखिएको छ । NNB

  • सम्बन्धित विषय:

  • # बालेन शाह