शुक्रबार, आश्विन २३ गते २०८३
images

ग्याल्पो ल्होसार जस्ता पर्वहरूबाट एकता सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ:राष्ट्रपति

एक्सप्रेस पाना
फाल्गुण ६, २०८२ बुधबार
  • 100
    SHARES
  • ग्याल्पो ल्होसार जस्ता पर्वहरूबाट एकता सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ:राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएका छन् ।

    images

    ग्याल्पो ल्होसारको अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलल ग्याल्पो ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएका हुन् ।

    शुभकामना सन्देशमा भनिएको छ, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र भएकाले ग्याल्पो ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गराउछ । यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुर्याउछ ।’

    images

    उनले विशेष गरी शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिको लागि हार्दिक शुभकामना समेत व्यक्त गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # रामचन्द्र पौडेल