शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विविध कार्यक्रमका साथ मनाइँदै

एक्सप्रेस पाना
फाल्गुण ७, २०८२ बिहीबार
  • 81
    SHARES
  • आज राष्ट्रिय प्रजातन्त्र दिवस, विविध कार्यक्रमका साथ मनाइँदै

    काठमाडौं । आज फागुन ७ गते देशभर राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ ।

    images

    २००७ सालको जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।

    प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने शहीदहरू दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीको योगदानको स्मरण गर्दै आज देशभर श्रद्धाञ्जली अर्पण गरिँदै छ ।

    images

    प्रजातन्त्र स्थापना भएसँगै नेपाली नागरिकले हाल सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामार्फत आफ्ना अधिकारको अभ्यास गर्दै आएका छन् । संवैधानिक रूपमा प्रजातान्त्रिक मूल्य, मान्यता र व्यवहारलाई संस्थागत गर्ने बलियो आधार २००७ सालको जनक्रान्तिले तयार पारेको इतिहासकारहरूको भनाइ छ ।

    यस वर्षको मूल समारोह काठमाडौंस्थित सैनिक मञ्च, टुँडिखेलमा विशेष कार्यक्रमका साथ आयोजना हुँदैछ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा गठन गरिएको मूल समारोह समितिमा सरकारका मन्त्रीहरू, काठमाडौं उपत्यकाका नगरप्रमुखहरू, मुख्य सचिव, प्रधान सेनापति, सुरक्षा निकायका प्रमुखहरू लगायत उच्च पदाधिकारीहरू सदस्य छन् भने गृह मन्त्रालयका सचिव सदस्य सचिवको भूमिकामा छन्।

    प्रजातन्त्र दिवसका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरूले प्रजातन्त्र स्थापनाका लागि योगदान पु¥याउने शहीदहरूको स्मरण गर्दै देशवासीलाई शुभकामना व्यक्त गरेका छन् ।

     

  • सम्बन्धित विषय:

  • # प्रजातन्त्र दिवस