शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आमसभालाई सम्बोधन गर्न उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ धनगढीमा

एक्सप्रेस पाना
फाल्गुण ८, २०८२ शुक्रबार
  • 112
    SHARES
  • आमसभालाई सम्बोधन गर्न उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ धनगढीमा

    काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ देश दौडाहका क्रममा शुक्रबार धनगढी पुगेका छन् ।

    images

    शुक्रबार दिउँसो धनगढी बिमानस्थलमा समर्थकहरुले स्वागत गरेका छन् ।

    स्थानीय जनसमुदाय, पार्टीका नेता तथा कार्यकर्ताहरूले घिसिङलाई स्वागत स्वरुप फूलमाला, खादा तथा नाराबाजीसहित बाइक र्‍याली गरिएको छ ।

    images

    विहान आफ्नै निर्वाचन क्षेत्र काठमाडौं ३ मा घरदैलो गरेका घिसिङ धनगढी हुँदै विभिन्न जिल्ला पुग्ने कार्यतालिका छन् । उनी कन्चनपुर, कैलाली, वर्दियामा हुने आमसभामा सहभागी हुनेछन् । सुदुरपश्चिमको भ्रमण सकेर उनी काठमाडौं फर्किने कार्यक्रम छ । त्यसलगत्तै अन्य जिल्लाको भ्रमणमा निस्कने कार्यक्रम छ ।

  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ