शनिबार, भाद्र २७ गते २०८३
images

टुरिनलाई हराउँदै एसी मिलान लिगकाे शीर्ष स्थानमा फर्कियाे , अपराजित यात्रा कायमै

एक्सप्रेस पाना
कार्तिक १०, २०७८ बुधबार
  • 278
    SHARES
  • टुरिनलाई हराउँदै एसी मिलान लिगकाे शीर्ष स्थानमा फर्कियाे , अपराजित यात्रा कायमै

    एजेन्सी । इटालियन सिरी ए फुटबलमा एसी मिलान लिगकाे शीर्ष स्थानमा फर्किएको छ ।  मंगलबार राति भएको खेलमा मिलानले टुरिनलाई १-० गोल अन्तरले पराजित गरेको हो । 

    images

    घरेलु मैदान सान सिरोमा मिलानलाई जिताउन ओलिभियर जिराउडले १४औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । बाँकी समय दुबै टोलीले गोलका अवसर सदूपयोग गर्न सकेनन् । 

    उक्त जितसँगै अपराजित मिलान १० खेलबाट २८ अंक जोड्दै शीर्ष स्थानमा फर्किएको छ । मिलानले ९ खेल जित्दा १ खेलमा बराबर गरेको छ । दोस्रो स्थानमा ९ खेलबाट २५ अंक बनाएको नापोली छ । यता पराजित टुरिन १० खेलबाट ११ अंकसहित १२औं स्थानमा छ । 

    images

    मंगलबार राति भएका अन्य दुई खेलमा १० खेलाडीमा सीमित भेनेजियालाई सेलेर्निटनाले २-१ गोल अन्तरले पराजित गरेकाे छ । स्पेजिया र जिनोयाले १-१ गोलको बराबरी खेले ।