शुक्रबार, श्रावण २९ गते २०८३
images
images

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

एक्सप्रेस पाना
फाल्गुण १२, २०८२ मंगलबार
  • 145
    SHARES
  • दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहाइ गर्न आदेश दिएको छ।

    images

    न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंको पक्षमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो।

    प्रसाईंलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी पत्नी उमा प्रसाईंले गत साता सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेकी थिइन्।

    images

    प्रसाईंलाई फागुन ४ गते भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो। 

  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाईं