शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सिराहाको गोलबजारमा रास्वपा सभापति रवि लामिछानेलाई भव्य स्वागत

एक्सप्रेस पाना
फाल्गुण १३, २०८२ बुधबार
  • 120
    SHARES
  • सिराहाको गोलबजारमा रास्वपा सभापति रवि लामिछानेलाई भव्य स्वागत

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सिराहाको गोलबजार पुगसँगै क्षेत्रको माहोल उत्साहपूर्ण बनेको छ । हजारौं समर्थकहरू नाराबाजी र झण्डासहित सडकमा उत्रिएर उनलाई भव्य स्वागत गरेका छन् ।

    images

    गोलबजार चोकदेखि कार्यक्रम स्थलसम्म समर्थकहरूको बाक्लो उपस्थिति देखिन्थ्यो । युवादेखि ज्येष्ठ नागरिकसम्मको सहभागिताले कार्यक्रमलाई थप ऊर्जावान बनाएको थियो । स्थानीय बासिन्दाले फूलमाला र खादा लगाएर लामिछानेलाई स्वागत गरेका थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले देशमा सुशासन, पारदर्शिता र विकासका लागि आफूहरू प्रतिबद्ध रहेको बताए। उनले परिवर्तनका लागि नागरिकको सक्रिय साथ आवश्यक रहेको उल्लेख गर्दै सिरहावासीको माया र समर्थनप्रति आभार व्यक्त गरे ।

    images

    गोलबजारमा भएको यो कार्यक्रमलाई रास्वपाको मधेश क्षेत्रमा बढ्दो प्रभावका रूपमा समेत हेरिएको छ । स्थानीय नेताहरूले अबको राजनीति काम र परिणाममुखी हुनुपर्नेमा जोड दिएका छन् । सिराहाको गोलबजार आज राजनीतिक रूपमा निकै तातेको देखिएको छ, जहाँ परिवर्तनको आवाज थप बुलन्द बनेको छ ।

  • सम्बन्धित विषय:

  • # रास्वपा
  • # रवि लामिछाने
  • # गोलबजार