शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रवि लामिछानेले गरे जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन तथा पूजापाठ

एक्सप्रेस पाना
फाल्गुण १३, २०८२ बुधबार
  • 107
    SHARES
  • रवि लामिछानेले गरे जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन तथा पूजापाठ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन एवम पूजापाठ गरेका छन् ।
    बुधबार दिँउसो जनकपुरधाम पुगेका लामिछानेले धनुषाका विभिन्न क्षेत्रका उम्मेदवारहरुसंगै पूजापाठ गरेका हुन् ।

    images

    पूजापाठ सम्पन्न गरेर उनले जानकी चोकमा सम्बोधन गर्दै रास्वपाले अघिल्लो चुनावमा सुशासनको कुरा गरेपनि विभेदको कुरा गर्न चुकेको बताए ।

    उनले यसपटक विभेदको अन्त्यसंगै सुशासनको स्थापनका लागि प्रतिबद्ध रहेको बताए । लामिछानेले आफ्ना उम्मेदवारहरुलाई जिताएर पठाउने जिम्मा जनताको र इमान्दारीपूर्वक काम गर्ने जिम्मा आफूहरुको भएको बताए ।

    images

    लामिछानेले जनकपुरधामको विघौविघा जग्गा गैरकानुनी रुपमा विक्री भएको प्रति रास्वपालाई जानकारी भएको बताए । उनले मन्दिरको ती जग्गा किनबेच गर्नेलाई रास्वपाको सरकारले तह लगाउने र कानुनको दायरामा ल्याउने जानकारी दिए । रवि लामिछाने आजै महोत्तरीलगायत मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • # जानकी मन्दिर