काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य सामान्य बढेको छ ।
आज सुन तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।



