आइतबार, भाद्र २८ गते २०८३
images

टी-२० विश्वकप:भारतको शानदार जित,जिम्बाबे ७२ रनले पराजित

एक्सप्रेस पाना
फाल्गुण १५, २०८२ शुक्रबार
  • 131
    SHARES
  • टी-२० विश्वकप:भारतको शानदार जित,जिम्बाबे ७२ रनले पराजित

    काठमाडौं । जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा भारतले जिम्बाबेलाई ७२ रनले पराजित गरेको छ।

    images

    बिहिबार भएको खेलमा २५७ रनको लक्ष्य पछ्याएको जिम्बाबेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन मात्र बनाउन सक्यो।

    जिम्बाबेका लागि ब्रायन मेयर्सले सर्वाधिक अविजित ९७ रनको शानदार पारी खेले भने कप्तान सिकन्दर राजाले ३१ रन जोडे। भारतका अर्शदीप सिंहले ३ विकेट लिए। 

    images

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाउँदै २५६ रन बनाएको थियो । भारतका लागि अभिषेक शर्माले ५५ रन बनाउँदा हार्दिक पाण्ड्याले अविजित ५० रन बनाए । त्यसैगरी तिलक वर्माले अविजित ४४ रन जोडे भने इशान किशनले ३८, कप्तान सूर्यकुमार यादवले ३३ तथा संजु सैमसनले २४ रन बनाए।

  • सम्बन्धित विषय:

  • # टी-२० विश्वकप