काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य सामान्य घटेको छ ।
आज सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयामा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।



