शनिबार, भाद्र २७ गते २०८३
images

आशिका तामाङको गाडी कुच्याइयो भन्ने घटनाको वास्तविकता के हो? यस्तो भन्छन् प्रत्यक्षदर्शी

एक्सप्रेस पाना
फाल्गुण १६, २०८२ शनिबार
  • 225
    SHARES
  • आशिका तामाङको गाडी कुच्याइयो भन्ने घटनाको वास्तविकता के हो? यस्तो भन्छन् प्रत्यक्षदर्शी

    काठमाडौं । धादिङ–१ की रास्वपा उम्मेदवार आशिका तामाङले शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो सवारीसाधन नेकपाका उम्मेदवार राजेन्द्र पाण्डेका कार्यकर्ताले तोडफोड गरेको दाबी गर्दै तस्बिर सार्वजनिक गरिन्। उनले फोगटपुर क्षेत्रमा गाडी चारैतिरबाट घेराबन्दी गरी हप्काउने–थर्काउने तथा लात्ती प्रहार गरी क्षति पुर्‍याइएको उल्लेख गरेकी थिइन्। 

    images

    "राजेन्द्र पाण्डे आफूले बोकेर ल्याएका कार्यकर्ताले फोगटपुर भन्ने ठाउँमा मेरो पछाडि भएको गाडीलाई चारपर्टीबाट घेराबन्दी गरी हप्काउने, थर्काउने गरी, गाडी नै कुच्चिने गरी लात्तैलात्ताले हानी कुच्याएका छन्," उनले लेखेकी छिन् । 

    तर प्रत्यक्षदर्शी विवेक अर्यालले तामाङले दाबी गरेजस्तो घटना नभएको बताए। उनका अनुसार साँघुरो बाटोमा दुई सवारी पास गर्ने क्रममा तामाङ सवार गाडी धुलोमा फसेको थियो। गाडी अगाडि बढाउन दुवै पक्षका कार्यकर्ता, स्थानीय र अन्य सवारी चालकले धकेलेका थिए।

    images

    अर्यालका अनुसार थाक्रे गाउँपालिका–८ मा नेकपाको घरदैलो कार्यक्रम सकेर टोली धार्के बजारतर्फ झर्दै थियो भने रास्वपाको टोली धार्केबाट घरदैलोमा जाँदै गर्दा फोगटपुरमा जम्काभेट भएको थियो। पास गराउने क्रममा गाडी फसेपछि धकेल्दा डण्डी बांगिएको हो। उनले धकेल्ने क्रममा रास्वपाका कार्यकर्ताले ‘घण्टी’ र नेकपाका कार्यकर्ताले ‘तारा’ भन्दै नाराबाजी गर्दै सहयोग गरेको पनि बताएका छन्।

    "सवारी धकेल्ने बेला रास्वपाका कार्यकर्ताले घण्टी घण्टी भनेर धकेल्ने र नेकपाका कार्यकर्ताले तारा तारा भन्दै बल लगाएका थिए । गाडी धकेलिसकेपछि गाडीको डण्डी समातेर धकेल्दा सो डण्डी बांगिएको थियो । गाडी धकेल्नेहरूमा दुवै पार्टीका कार्यकर्ता, स्थानीय र अन्य सवारी चालक पनि थिए" अर्यालले भने ।

  • सम्बन्धित विषय:

  • # आशिका तामाङ