शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि सुरु हुँदै,उल्लङ्घन गरे मनोनयन रद्द हुन सक्ने चेतावनी

एक्सप्रेस पाना
फाल्गुण १८, २०८२ सोमबार
  • 133
    SHARES
  • आज मध्यरातदेखि निर्वाचनको मौन अवधि सुरु हुँदै,उल्लङ्घन गरे मनोनयन रद्द हुन सक्ने चेतावनी

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज मध्यरातदेखि मौन अवधि सुरु हुने भएको छ । निर्वाचन प्रचारप्रसारका कार्यक्रमहरू आजसम्म मात्र गर्न पाइनेछन् ।

    images

    निर्वाचन आयोगका अनुसार सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भई मतदान सम्पन्न नहुँदासम्म लागू हुनेछ । यस अवधिमा निर्वाचन प्रचारप्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न पाइने छैन ।

    आयोगका अनुसार मौन अवधि मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि लागू हुने भएकाले यस अवधिमा सभा, सम्मेलन, छलफल, अन्तक्र्रिया, कार्यशाला वा गोष्ठीजस्ता कार्यक्रम सञ्चालन गर्न निषेध गरिएको छ ।

    images

    त्यस्तै मतदानको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्ने छ । यस अवधिमा कुनै पनि माध्यमबाट मत माग्न वा प्रचारप्रसार गर्न पाइने छैन ।

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिमा आचारसंहिता उल्लङ्घन भएमा सम्बन्धित उम्मेदवारको मनोनयन नै रद्द हुन सक्ने चेतावनी दिएका छन् ।

  • सम्बन्धित विषय:

  • # मौन अवधि