शुक्रबार, श्रावण २९ गते २०८३
images
images

काठमाडौं–३ मा १५ हजार ५९५ मत गणना, रास्वपा अगाडि

एक्सप्रेस पाना
फाल्गुण २२, २०८२ शुक्रबार
  • 141
    SHARES
  • काठमाडौं–३ मा १५ हजार ५९५ मत गणना, रास्वपा अगाडि

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा जारी मतगणनाको पछिल्लो विवरण सार्वजनिक गरिएको छ । निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार हालसम्म १५ हजार ५ सय ९५ मत गणना भइसकेको छ ।

    images

    गणना गरिएको मतमध्ये ६९५ मत बदर भएको जानकारी दिँदै उनले विभिन्न दल तथा चुनाव चिह्नअनुसार प्राप्त मत सार्वजनिक गरिन् । उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिह्नले ६ हजार ५ सय ८४ मत प्राप्त गरेको छ । यस्तै बलिरहेको बिजुलीको चिम चुनाव चिह्नले ४ हजार २ सय २० मत ल्याएको छ ।

    त्यसैगरी नेकपा (एमाले) ले १ हजार २ सय ९ मत प्राप्त गर्दा नेपाली कांग्रेसले २ हजार १ सय ९० मत ल्याएको छ । नेपाली कम्युनिष्ट पार्टीले १ सय ६५ मत प्राप्त गरेको छ भने हलो चुनाव चिह्नले २ सय ६५ मत पाएको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिइन् ।

    images

    मतगणना जारी रहेको र बाँकी मतहरूको परिणाम आउँदै जाने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    यस क्षेत्रमा उज्यालो नेपाल पार्टीबाट कुलमान घिसिङ, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट निरज लामा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजु पाण्डे, नेपाली कांग्रेसबाट रमेश अर्याल तथा नेकपा (एमाले) बाट रामेश्वर फुयाँल चुनावी मैदानमा छन् ।

  • सम्बन्धित विषय:

  • # रास्वपा
  • # कुलमान घिसिङ