काठमाडौँ । जुम्ला जिल्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाही प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
उनले १४ हजार ८१६ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली काँग्रेसका दीपबहादुर शाहीले ७ हजार १४३ मत ल्याएका छन् ।
देशका विभिन्न क्षेत्रमा उल्लेखनीय मत प्राप्त गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने जुम्लामा कमजोर देखिएको छ । रास्वपाबाट उम्मेदवार बनेकी विनिता कठायतले ४२१ मत मात्र प्राप्त गरेकी छन्, जसका कारण उनको जमानत जफत भएको छ ।



