शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ललितपुर–२ मा जितेपछि जगदीश खरेलले भने; ‘यो सिंगो ललितपुरको जित हो’

एक्सप्रेस पाना
फाल्गुण २४, २०८२ आइतबार
  • 102
    SHARES
  • ललितपुर–२ मा जितेपछि जगदीश खरेलले भने; ‘यो सिंगो ललितपुरको जित हो’

    ललितपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल विजयी भएका छन् ।

    images

    आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार खरेल ३९ हजार ४ सय ९१ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

    विजयपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन् । उनले यो जित ललितपुर–२ मात्र नभई समग्र ललितपुर र देशकै जित भएको बताए ।

    images

    खरेलले भने, ‘सम्पूर्ण जनताहरूलाई धन्यवाद व्यक्त गर्न चाहन्छु । यो जित ललितपुर क्षेत्र नम्बर २ को मात्र होइन, समग्र ललितपुरको जित हो। हामीले यसलाई देश र जनताको जितका रूपमा लिएका छौँ, पार्टीको मात्रै जितका रूपमा होइन ।’

    उनले अब देश निर्माण र विकासको अभियानलाई अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे । खरेलले पार्टी सभापति रवि लामिछाने तथा वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका रूपमा उल्लेख गरिएका बालेन शाहको नेतृत्वमा देशलाई विकास र समृद्धिको बाटोतर्फ अघि बढाउने अभियान जारी रहने बताए ।

    उनले भने, ‘अब हामीले देश बनाउनुपर्छ । यो अभियानमा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा हामी सम्पूर्ण रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी, देश र जनता अब विकास र समृद्धिको बाटोमा अगाडि बढेका छौं । यसमा साथ दिनु भएकोमा सम्पूर्णमा धन्यवाद छ ।’
    उनले निर्वाचनमा साथ र समर्थन गर्ने सम्पूर्ण मतदाताप्रति पुनः धन्यवाद व्यक्त गरे।

  • सम्बन्धित विषय:

  • # (रास्वपा
  • # जगदीश खरेल
  • # ललितपुर–२