शुक्रबार, आश्विन २३ गते २०८३
images

बालेन शाहले आयोगलाई बुझाए आफ्नो चुनावी खर्च

एक्सप्रेस पाना
फाल्गुण २५, २०८२ सोमबार
  • 134
    SHARES
  • बालेन शाहले आयोगलाई बुझाए आफ्नो चुनावी खर्च

    काठमाडौं । झापा–५ बाट निर्वाचित भएका रास्वपाका वरिष्ठ नेता बालेन शाहले प्रतिनिधिसभा सदस्य निर्वाचनमा भएको आफ्नो चुनावी खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन्। उनले सोमबार आयोगमा उक्त विवरण पेश गरेका हुन्।

    images

    शाहले बुझाएको विवरणअनुसार निर्वाचनका क्रममा उनको कुल खर्च १४ लाख १७ हजार २८९ रुपैयाँ भएको उल्लेख गरिएको छ।

    उनले सबैभन्दा बढी चुनावी घरदैलोका क्रममा ५ लाख ८० हजार खर्च गरेको उल्लेख गरेका छन् । त्यसपछि बालेन्द्रले २ सवारीसाधन भाडा र इन्धन खर्चका लागि २ लाख ९३ हजार लगानी गरेको उल्लेख गरेका छ्न् ।

    images

    निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारलाई तोकिएको समयसीमाभित्र आफ्नो चुनावी खर्च विवरण बुझाउन निर्देशन दिएको थियो। सोही अनुसार शाहले आयोगमा खर्च विवरण बुझाएका हुन्।

    649858544_1362758769291148_8890345464177213012_n.jpg

  • सम्बन्धित विषय:

  • # बालेन शाह
  • # चुनावी खर्च